
काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वमा रक्षा सिंह राणा आएकी छन । उनी शनिबार सम्पन्न भएको निर्वाचनमा ४५ मतसहित बिजयी भइन् ।
राणाकी प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरेकी थिइन् । अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ मत मात्र ल्याए ।
महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान, कोषाध्यक्ष समुन्द्र भट्ट (निर्बिरोध) र सहकोषाध्यक्षमा हरि सिलवाल (निर्बिरोध) चयन भएका छन् ।
सदस्यहरूमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नवीन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने चयन भए ।
निर्देशक समाजको चुनाव भए पनि फिल्म नगरीमा प्रभाव राख्ने दुई व्यक्तिको प्रभावको विषय अहिले चर्चामा छ ।

निर्देशक निर्माता रोज राणा र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको प्रतिष्ठाको लडाईका रुपमा निर्वाचनलाई लिईएको थियो ।
अध्यक्ष निर्वाचित राणालाई निर्देशक रोज राणा, नवल खड्का, दिनेश डिसीको साथ थियो । अध्यक्षमा पराजित श्रेष्ठलाई राजकुमार राई, केपी पाठकलगायतले साथ दिएका थिए ।
वैचारिक हिसाबले नेपाली कांग्रेसकै समर्थक रहे पनि राणा र राईले कलाकारिता क्षेत्रमा अलग–अलग समूहमा प्रभाव राखेका छन् । अन्ततः कलाकार संघको चुनाव जस्तै निर्देशक समाजको चुनावमा पनि राईको समर्थन रहेकी श्रेष्ठको पराजयसँगै राणाको पल्ला भारी देखियो ।















प्रतिक्रिया