१० मंसिर २०८३, बिहिबार

दाङ बारको चुनावमा संयुक्त प्यानल स्वतन्त्र उम्मेदवारसँग पराजित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् ।

अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वा्चित घिमिरे कांग्रेसका विद्राेही उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्राेही उम्मेदवार हुन् ।

दाङ बारको चुनावमा नेकपा र कांग्रेस निकट कानुन व्यवसायीले संयुक्त रुपमा ऋषिराज न्यौपानेलाई अध्यक्ष र ठाकुरप्रसाद ओलीलाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । त्यसविरुद्ध विद्राेही उम्मेदवारहरुको छुट्टै प्यानल खडा गरिएको थियो । विद्राेही प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य निर्वा्चित भएका छन् ।

सचिवमा भने नेकपा र कांग्रेसको आधिकारिक प्यानलका सञ्जय कुमार केसी ७० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नारायण प्रसाद डाागीले ४९ मत पाए ।

त्यस्तै कोषाध्यक्षमा पनि नेकपा-कांग्रेस प्यानलकै ठाकुरप्रसाद गिरी ६४ मतसहित बिजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी प्रेमबहादुर ओलीले ५१ मत पाएका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बेलबासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाागी, अच्युतराज न्यौपाने बिजयी भएका छन् ।

केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, रिकण पौडेल, अर्जुनकुमार अधिकारी र गोपाल गिरि चुनिएका छन् ।