१० मंसिर २०८३, बिहिबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसकै प्रभावका कारण हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

आइतबार दिनभर देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ ।

पश्चिमी क्षेत्रका थोरै स्थान र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।