१० मंसिर २०८३, बिहिबार

बाँकेमा करेन्ट लागेर बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नेपालगञ्ज, २९ मंसिर । बाँकेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नेपालगञ्ज–२१, बिर्तागाउँमा करेन्ट लागेर १३ वर्षीय बालक कमलेश कोरीको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका हजुरबुवालाई खाना दिएर फर्किएका बालकलाई करेन्ट लागेको थियो । टुफेस तार रहेको पोल ढलेको र त्यही तारलाई बालकले छोएका थिए ।

बालकको घटनास्थलमै मृत्यु भएको थियो । बिजुलीको पोल बिहान ढलेको थियो कि राति नै ढलेको थियो भन्ने बारेमा सोधीखोजी थालिएको छ ।

स्थानीय केहीले पोल बिहान ढलेको बताएका छन् । पोल ढलेपछि विद्युत कार्यालयमा फोन गरेर विद्युत काट्नु पर्नेमा त्यो सावधानी नअपनाउदा बालकको ज्यान गएको छ ।

यसैबीच, नेपालगञ्जको मंगलबार अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । सल्यानी बंगालाछेउमा लडिरहेका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको त्यही मृत्यु भयो । उनको सनाखत हुन सकेको छैन । शव अस्पतालमा रहेको छ ।