१ कार्तिक २०८३, आइतबार

डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लाग्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लगाइने भएको छ ।

अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध दुईवटा महाअभियोगको आरोपलाई अनुमोदन गरेको छ ।

समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदाका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो ।

उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुन अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने ट्रम्प चौथो राष्ट्रपति बन्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविन गर्न दवाव दिएको आरोप लगाइएको छ ।

अमेरिकामा विदेशीको सहयोगमा चुनावी प्रतिष्पर्धा गर्नु गैरकानुनी मानिन्छ ।(एजेन्सी)