१० मंसिर २०८३, बिहिबार

नेकपाको सचिवालयकाे बैठक प्रभावित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ ।

नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उनले बताए ।

मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो ।