
काठमाडौँ, २६ मंसिर । आज परेको उधौली पर्वको अवसरमा प्रदेश १ ले सार्वजनिक बिदा दिएको छ ।
किराँत समुदायको बाहुल्यता रहेको प्रदेश १मा उधौलीको अवसरमा प्रदेश १ सरकारले यस क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदासम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको थियो ।
यसैबीच, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरका शुभकामना व्यक्त गरेका छन् ।











प्रतिक्रिया