
काठमाडौँ, २६ मंसिर । धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारामा लडेर एक बृद्धको मृत्यु भएको छ ।
राति सवा ८ बजे गाउँबाट घर फर्कने क्रममा चिप्लिएर बाटोमा लड्दा बेलहाराका ६३ बर्षीय रिकमान तामाङको मृत्यु भएको हो ।
घर फर्किदै गर्दा बाटोमा लडेर बृद्ध तामाङ गंभीर घाईते भएका थिए ।
स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारका क्रममा राती करिव ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए ।











प्रतिक्रिया