१० मंसिर २०८३, बिहिबार

डोजर दुर्घटना हुँदा एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर ।  दोलखाको भीमेश्वर नगरपालिका–२, तिखातलमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएका बिगु गाउँपालिका–८ खोपाचागुका २३ बर्षिय राजु थामीको उपचारको क्रममा मुत्यु भएको दोलखा प्रहरीले जनाएको छ । घाईते मध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

गौतमटोलबाट दोलखा मन्दिरतर्फ जाादै गरेको डोजर अनियन्त्रित भई बाटोबाट करिब सय मिटर तल खसेको हो ।

गम्भीर घाईते हुनेमा भीमेश्वर नगरपालिका–२ का १६ बर्षिय सुमन थामीको टिचिङ अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ भने अर्का गम्भीर घाईते बिगु गाउँपालिका–७ आलम्पु अम्बाटोलका २७ बर्षिय बिजय श्रेष्ठ ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ ।