काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको डायलासिस मंगलबार साँझ गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो ।
तेह्रौं दक्षिण एसियाली खुलकुद प्रतियोगिता (साग) को समापन कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली मिर्गौलाको नियमिति डायलासिसका लागि सेन्टर गएका थिए ।
डायलासिस गराएपछि प्रधानमन्त्री राति अबेर सरकारी निवास बालुवाटार फर्किएका छन् । सेन्टरमा मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १९ गते बिहीबार डिस्चार्ज भएका थिए ।
डिस्चार्जपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री मंगलबार साँझ नियमित डायलासिसका लागि अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।











प्रतिक्रिया