
काठमाडौं, २४ मंसिर । मंगलबार १३ औा सागको समापन कार्यक्रमको टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरेपछि प्रहरीले बल प्रयोग गर्दा प्रहरीले पत्रकारलाई कुटेपछि पत्रकार महासंघले आपत्ति जनाएको छ ।
साग को समाचार संकलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरी घाइते बनाएको थियो। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले प्रहरीबाट भएको घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
मंगलबार विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए।
लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।











प्रतिक्रिया