वीरगन्ज, २४ मंसिर । पर्साको वीरगञ्जमा आमाछोरीको शव फेला परेको छ ।
वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र उनीहरूको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो ।
उक्त कोठामा एक परिवार भाडामा बस्ने भएकाले घरबेटीले पनि बन्द कोठाबारे चासो राखेका थिएनन् ।
सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोड्दा शव भेटिएको थियो ।
कोठामा कलैया २६ का पवन साह उनकी श्रीमती र छोरी बस्थे । श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन् ।
श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ ।
दुबै जनाको शव पोस्टमार्टमका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको छ ।











प्रतिक्रिया