डोटी, २४ मंसरि । डोटीमा मंगलबारदेखि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।
जोरायल गाउँपालिका वडा नम्बर १ मा रहेको खार खोप केन्द्रमा गत मंगलबार खोप लगाउँदा हेलचेक्र्याईं गरेर स्थानीय ५ महिने शिशु प्रवीण मल्लको मृत्यु भएको पीडित पक्षको किटानी जाहेरीपछि पक्राउ परेका घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हीरादत्त भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रने भएका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार आज मंसिर २४ गते कालो पट्टी बाँधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र आगामी पुस १ गतेदेखि जिल्लाभरि नै आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
मृतक शिशुलाई एफआईपीभी र डीपीटी पेण्टा खोप लगाइएको तथा पोलियो थोपा खुवाइएको घण्टेश्वर स्वास्थ्यचौकी इञ्चार्ज भट्टले बताए ।
खोपकै कारण मृत्यु भए नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो दोष नरहेको उनको दावी छ ।












प्रतिक्रिया