५ कार्तिक २०८३, बिहिबार

नेपाल-भारत सीमा विवाद वार्ताबाटै समाधान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ मंसिर । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् ।

राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहेका राजदूत पुरीले अन्तर्वार्ताका क्रममा भने, ‘त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।’

समाधानका उपाय बारे उनको भनाई थियो, ‘हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।’

उनले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताए । नेपालको वर्तमान अबस्थाबारे उनले भने, ‘नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ ।’ गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।