५ कार्तिक २०८३, बिहिबार

नेकपा जुर्ममुरायो, बल्ल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो। बीचमा बस्न सकेन। संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै।

अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ। सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेदेखि लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ।

त्यस्तै अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद मत्थरजस्ता कार्य तत्काल हुने भएका छन्। अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको हो। यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो। पार्टी विधानअनुसारका नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको थिएन।

पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले लिएका निर्णयबाट अब पार्टी सञ्चालनका अवरुद्ध यी सबै प्रक्रिया अगाडि जाने प्रतिक्रिया नेताहरुले दिएका छन्।

मंसिर २९ मा सुरु हुने स्थायी समिति बैठक दुई दिनभित्र टुंग्याउने र लगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। सोहीअनुसार स्थायी समिति बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी समिति बैठकअगाडि मंसिर २७ मा सचिवालय बैठक बस्नेछ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।