१० मंसिर २०८३, बिहिबार

गढीमाई मेलामा १ सय ६५ जना चोर र पाकेटमार पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २३ मंसिर । पञ्‍चवर्षीय गढीमाई मेलामा चोरी तथा पाकेटमारी गर्ने १ सय ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाराको महागढीमाई नगरपालिका वडा-१ बरियारपुरस्थित गढीमाइृ मन्दिरमा लाग्ने पञ्चबर्षीय मेलामा आएका श्रद्धालु भक्तजनहरूको नगद तथा जिन्सी चोरी, पाकेटमारी एवम शंकास्पद गतिविधिमा संलग्न १ सय ६५ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये १ सय २४ जनालाई आवश्यक छानबिन गरी जमानीमा छाडिएको तथा बाँकी ४१ जनालाई विभिन्‍न मुद्दामा म्याद थप गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।मुदा चलाइर्एका ४१ जना मध्ये ३६ जना भारतीय नागरिक रहेका छन्।

मुदा चलाइएका ४१ जना मध्ये २० महिला र २१ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।