१० मंसिर २०८३, बिहिबार

लागुऔषध सहित ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, २२ मंसिर  ।  महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१५ ग्वार्कोबाट भक्तपुर सुर्यविनायकका विदुर नगरकोटी, रौतहट घर भई ललितपुर चोवाहल बस्ने वर्ष २४ को सिनाम लोप्चन र ललितपुर ग्वार्कोका अभिनाश श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको हाे ।

शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट नाईट्रोजेपाम, नुफिन, डाईजेपाम र फेनारागन गरी ६७ एम्पुल र ट्रामा, स्यापपेन गरी ३० ट्याब्लेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ