१० मंसिर २०८३, बिहिबार

रोकिराखेको बस गुड्दा दुर्घटना: एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, मंसिर २२ । लमजुङको पाउदीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

मृतक महिलाको सनाखत हुन सकेको छैन् । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल पाउदी खोलामा खसेको हो ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको हाे ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।