१४ कार्तिक २०८३, शनिबार

पाेखरामा कर्जा जोखीम व्यवस्थापन तालिम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ मंसिर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजनामा २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।

तालिममा कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, भाका नाघेको कर्जा व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । तालिमको सहजीकरण बैंकका कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरेले गर्नु भएको थियो ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीमार्फत आयआर्जन गर्ने मुख्य माध्यम कर्जा भएकाले कर्जा व्यवस्थापनमा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कर्जा तथा जोखिम व्यवस्थापन तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गरी आफ्नो संस्था र समग्र सहकारी अभियानलाई प्रभावकारी बनाउने कार्यमा लाग्न तालिमका सहभागीहरुलाई आग्रह गर्नु भयो ।

समापन कार्यक्रममा प्रशिक्षक प्रमोद कुमार घिमिरेले कर्जालाई व्यवस्थित गराउन नसकेमा संस्था प्रभावकारी नहुने भएकाले कर्जामा काम गर्ने कर्मचारीले प्रक्रियासम्मत काम गर्नु पर्नेमा जोड दिनुभयो ।

तालिममा कास्की र तनहुँ जिल्लाका विभिन्न विषयका ४० वटा सहकारी संस्थाका ४० जना कर्मचारी तथा कर्जा उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।