लमही, २२ मंसिर । दाङको कोइलाबास नाकाबाट मध्यरातमा गोरु तस्करी हुने गरेको खुलेको छ । भारतीय गोरु नेपाल प्रवेश गराउन तस्करहरूले कोइलाबास नाकाको प्रयोग गर्ने गरेको पाइएको हो ।
खुल्ला सिमानाका कारण गोरु हिडाउँदै नेपाल प्रवेश गराउने र त्यस पश्चात नक्कली कागजपत्र तयार पारेर पूर्वी सिमाना झापाबाट बंगलादेश लग्ने गरिएको छ । गोरु तस्करी खुलेयाम हुने गरेको छ ।
नेपालमा घरायसी कृषि प्रयोजनको कागज बनाएर ओसारपसार हुने गोरु मासुका लागि बंगलादेश पुग्ने गरेको छन् ।











प्रतिक्रिया