१० मंसिर २०८३, बिहिबार

एम्बुलेन्स र ट्रक ठोक्किँदा शिशुको मृत्यु, ३ जना घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २२ मंसिर । पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका वडानं.२ जिरो पोईन्ट नजिकै एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा तीनदिनको शिशुको मृत्यु हुनुको साथै ३ जना घाइते भएका छन् ।

शनिबार दिउसो करिब पौने २ बजे नेपालगन्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नं. एम्बुलेन्स र बिपरित दिशाबाट आइरहेको ना ८ ख ५४३२ नं. को ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार तीनदिनको शिशु बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त ईन्चार्ज प्रहरी निरिक्षक हस्तबहादुर सुनारले दिएको जानकारी अनुसार सल्यान एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी–१ का २८ वर्षिय चित्रबहादुर सुनार, दाङ दंङ्गिशरण–५ का ३६ वर्षीय तिलकराम खड्का र तिलकराम कै पत्नी २४ वर्षिया मालती खड्का घाइते हुनु साथै खड्का दम्पतीको तीनदिनको छोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चित्रबहादुर एम्बुलेन्स चालक भएको र उनको टाउको, दुबै खुट्टामा चोट लागेको छ । एम्बुलेन्समा सवार तिलकरामको पनि टाउको र ढाडमा चोट लागेर दुबैको अबस्था गम्भीर रहेको छ ।

मालतीको टाउको र छातीमा चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि पुराईएको छ । मृतक शिशुको शव मेडिकल कलेज कोहलपुरमा रहेको छ । एम्बुलेन्स, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।