
काठमाडौं, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले नरोक्ने विश्वास लिएको बताएका छन् ।
विमानस्थल निर्माणका क्रममा लाखौँ रुख काटिने भएपछि सर्वोच्च अदालतले तत्काललाई रुख नकाट्न निर्देशन दिएपछि अहिले निर्माणको कार्य रोकिएको छ ।
सर्वोच्च अदालतले यसबारेका जानकारी मात्रै राख्न खोजेको भन्दै भट्टराईले परेको खण्डमा आफैँ सर्वोच्चमा बहस गर्न जाने बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थल नेपालीको भविष्यसंग जोडिएकाले यसलाई जसरी पनि पुरा गर्ने बताए ।
सर्वोच्चले भन्दैमा विमानस्थल निर्माणको पूर्व तयारीको काम नरोकिने बताएका छन् । २९ मंसीरमा सर्वोच्चले यसबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।











प्रतिक्रिया