१० मंसिर २०८३, बिहिबार

घोराहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

घोराही, २१ मंसिर । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको खैराचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनमा १९ वर्षीय रेशम वलीको मृत्यु भएको हो ।

रोकिराखेको अवस्थामा रहेको रा १ त १९३८ नम्बरको ट्याक्टरको ट्रालीमा तुलसीपुरबाट नारायणपुरतर्फ आउँदै गरेको रा २ प ९३५० नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवारमध्येका रेशम वलीको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते दुवै जनालाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो ।

मोटरसाइकलको पछाडि सवार वर्ष १८ का अमृत चौधरीको समान्य उपचार पश्चात कोहलपुर रिफर भई उपचार भइरहेको प्रहरीले जनाएको छ ।