१५ कार्तिक २०८३, आइतबार

पूर्वी नवलपरासीमा १७ जना महिला करणीको सिकार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २१ मंसिर । पूर्वी नवलपरासीमा गत एक वर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।

३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ ।

त्यस्तै यस आर्थिक बर्षको साउनदेखि कात्तिक महिनासम्म ४ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा ५ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।

बालयौन दुव्र्यवहारका एउटा र महिलामाथि हुने अभद्र व्यवहारका घटनालाई लिएर १२ वटा घटनाका उजुरी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला सेलको तथ्याकमा देखिएको छ।

जिल्ला अदालत नवलपुरमा पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने पनि जबरजस्ती करणीका घटनाको रुप विकराल देखिन्छ ।

जिल्ला अदालत नवलपुरमा गत २०७५ माघ १७ गतेदेखि २०७६ मंसिर १२ गतेसम्म १४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले बताए ।