काठमाडौं, २१ मंसिर । लामो समयदेखि निजामती कर्मचारीको सफल नेतृत्व गर्दै आएका भोलानाथ पोखरेल एशिया प्यासिफिक क्षेत्रको पव्लिक सर्भिस एलाइडको उपाध्यक्ष तथा इन्चार्जमा निर्वाचित भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष पोखरेल १३ औं अन्तराष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष तथा एशिया प्याशिफिक क्षेत्रको इन्चार्जमा निर्वाचन भएका हुन् ।
लामो समयदेखि कर्मचारी हकहितका बिषयमा काम गर्दै आएका पोखरेल निजामती कर्मचारी ऐन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
निजामती क्षेत्रमा उनी सर्वाधिक लोकप्रिय छन् । कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनमा पनि उपाध्यक्ष रहेका पोखरेललाई बुधवार राजधानीमा सम्मान गरिएको छ ।
कर्मचारीहरूका विभिन्न पेशागत संगठनहरूले बिहीबार उनलाई बधाई तथा शुभकामना दिएका छन् । बुधवार नै पोखरेलले आफ्नो पदभार पनि ग्रहण गरेका छन् ।











प्रतिक्रिया