
काठमाडौं, २० मंसिर । दुई घटनाका ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लिएको एक लाख २५ हजार रुपैयाा घुस रकम फिर्ता गरेको अभियुक्त र उनका आफन्तले दाबी गरेका छन्।
बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुरछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले घुस रकम लिएको आरोप लागेको हो।
कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका तामाङले प्रजिअ रिजालले मंसिर १७ गते १४ हजार रुपैयाँ धरौटी रसिद काटेर लिएको र बाँकी ३५ हजार रकम बिनारसिद लिएका थिए ।











प्रतिक्रिया