१ कार्तिक २०८३, आइतबार

भारतमा प्रहरी इनकाउन्टरमा चार जनाकाे मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २० मंसिर । हैदराबादको बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका चार अभियुक्तको प्रहरी इनकाउन्टरमा मृत्यु भएको छ ।

यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

तेलंगाना प्रहरीका एडीजी जितेन्द्रका अनुसार शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो । चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो ।

एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा भने कि शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

२८ नोभेम्बरमा हैदराबादको एक टोल प्लाजा नजिकै २६ वर्षीया एक डाक्टरको जलेको अवस्थामा शव बरामद भएको थियो । अनुसन्धानपछि ती युवतीमाथि बलात्कारपछि हत्या भएको थाहा भएको थियो । घटनापछि चार जना अभियुक्तलाई पक्राउ गरिएको थियो ।