१० मंसिर २०८३, बिहिबार

माधव नेपाललाई विदेशदूत बनाउनेबारे कुरा भएको मलाई थाहा छैनः विष्णु रिमाल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले वरिष्ठ नेता माधवकुमार नेपाललाई सीमा विवादका विषयमा विशेषदूत बनाएर भारत पठाउने विषयमा प्रधानमन्त्रीसँग भएको कुराकानीका बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा रिमालले प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई भारतसँग सीमा विवादका विषयमा सहमति खोज्न विशेषदूत बनाउन प्रस्तावका बारेमा अनभिज्ञता प्रकट गरेका हुन् ।

‘प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपालबीच भारतमा विशेषदूत बनाउनेबारेमा कुरा भएको मलाई थाहा छैन’, उनले भने, ‘सायद हाइलेवलको कुरा भएर होला मलाई जानकारी नभएको हुन सक्छ ।’ उनले सीमा विवादका विषयमा नेपाल सरकार गम्भीर रहेको बताए ।

वरिष्ठ नेता नेपालले आफूलाई प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद मिलाउन भारतसँग कुरा गर्न विशेषदूत बनाएर पठाउन खोजेको समाचार आएका थिए ।

ती समाचार आएको अर्को दिन प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सो विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।