
काठमाडाैं, १९ मंसिर । भारतमा एक २३ वर्षीया बलात्कृत महिलामाथि अदालत जाँदै गर्दा बाटोमा आगो लगाइएको छ ।
आगोले पोलेपछि सख्त घाइते पीडित महिला अहिले अस्पतालमा उपचाररत रहेकी छिन् ।
उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।















प्रतिक्रिया