१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री ओली डिस्चार्ज, हँसिलो मुद्रामा बालुवाटार पुगे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । त्रिवि शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार डिस्चार्ज भएको छ ।

अस्पतालबाट बाहिरिँदै गर्दा उनी हसिलो मुद्रामा देखिएका थिए । उनी सरकारी निवास बालुवाटार पुगेका छन् ।

एपेन्डिसाइटको शल्यक्रियापछि अस्पतालमा राखेरै प्रधानमन्त्री ओलीलाई आराम गराइएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन विहीबारै अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत पुगेकी थिइन् ।