
काठमाडाैं, १९ मंसिर । बुटवलबाट पाल्पाको तानसेन आउँदै गरेको जीप तिनाँउ गाउँपालिकाको चौविसमाइलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेका छन् ।
तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
जीप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउा खोलामा खसेको छ ।











प्रतिक्रिया