१० मंसिर २०८३, बिहिबार

महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा, बंगलादेश पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा बंगलादेशमाथि २६/२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

नेपालको जितमा उमा राईले सर्वाधिक ८, निशा राईले ५, कविता राई र रन्जना राईले ४/४ गोल गरे ।

यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २/२ तथा कल्पना ओलीले १ गोल गरिन् । जितसँगै नेपाल समूह बी काे समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।