१० मंसिर २०८३, बिहिबार

सिराहाको हिरासतबाट फरार भएका आठमध्ये तीन जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, १९ मंसिर । सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठ जना मध्ये तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सिराहाकै बिभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठ जना थुनुवाहरु फरार भएका थिए ।

हिरासत कक्षको उत्तरतर्फको गेटको ताला तोडेर उनीहरु फरार भएका थिए । व्याप्क खोजीका बीच तीन जनालाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ ।

एक जनालाई यसअघि फरार भएकै दिन पक्राउ गरिएको थियो ।

बुधबार पक्राउ पर्नेमा सिरहाको सखुवानानकरकट्टी गाउँपालिका १ बस्ने २४ वर्षीय रणधीर कुमार यादव, गोलबजार नगरपालिका ६ बने २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका १ बस्ने १८ वर्षीय नवीनकुमार यादव छन् ।

शनिबार राति फरार भएका मोरङ जिल्लाका रोशन खड्कालाई पक्राउ गरिसकिएको छ । यी चारै जना लागूऔषधसहित बिभिन्न मितिमा पक्राउ परेका थिए ।

हिरासत कक्षको दोस्रो घेरामा ल्याई खाना खुवाउने क्रममा उत्तर तर्फको गेटको ताल्चा तोडी आठ जना थुनुवा फरार भएका थिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिभिन्न ठाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।