१० मंसिर २०८३, बिहिबार

चिनियाँ राजदूत रक्सी बोकेर मन्त्री भेट्न पुगिन्

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई गिफ्ट स्वरुप रक्सी उपहार प्रदान गरेकी छिन् ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको ठाउँमा केही दिन अगाडि श्रमन्त्रीको सपथ लिएका मन्त्री यादवलाई चिनियाँ राजदूत यानछीले रक्सी उपहार दिएकी हुन् ।

राजदूत यानछीले मन्त्री यादवलाई दिएको दुई वटा झोलामा ‘ब्ल्याक लेबल’ रक्सी रहेको स्रोतले जनाएको छ ।

मन्त्री यादवले पनि राजदूत यानछीले दिएका उपहारहरूलाई सहर्स स्वीकार गरेका छन् ।

झोलामा रहेको बस्तुका विषयमा मन्त्री यादवको सचिवालयले केही भनेको छैन ।

नेपालको राजनीतिमा नजिकबाट नियाल्दै आएको चीनले आफ्नो प्रभावलाई बढाउन हरेक चलखेल गर्दै आएको आरोप छ ।

आफ्नो प्रभावलाई नेपालमा बढाउन चीनले नेपालीहरूलाई प्रत्येक दिन जस्तै घुमाउन लैजाने गरेको छ ।

नेपालीहरूलाई चीनका विभिन्न स्थानको भ्रमण गराएर ल्याउने गरेको छ ।

चीनले नेपालीहरूको स्तर हेरेर भ्रमणमा लैजाने गरेको छ । आफूलाई काम लाग्ने व्यक्तिहरूलाई दैनिक भ्रमण भत्ता दिएर लैजाने गरेको छ ।

अन्यलाई भने खानपिनको मात्रै व्यवस्था गर्ने गरेको आरोप छ ।

चीनले नेपालमा उच्च राजनीतिक नेतृत्व, कर्मचारी र युवा पुस्तालाई लक्षित गरेर आफ्नो अभियान चलाउने गरेको आरोप छ ।