१० मंसिर २०८३, बिहिबार

बाग्लुङ दुर्घटनामा बेपत्ता एक व्यक्तिको पनि शव फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर ।  मंगलबार बडिगाडमा दुर्घटनामा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

गुल्मीको इस्मादेखि बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को बायखोला कुलपूजाको लागि छुटेको जीप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा इस्मा गाउँपालिका–४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएका थिए ।

बुधबार बिहान स्थानीयले कार्कीको शव खोलाको किनारमा भेटाएका हुन् । शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।

मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए ।