
जनकपुरधाम, १८ मंसिर । महोत्तरीमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।
मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही तर्फबाट बर्दिबास आउँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भएर बर्दिबास नगरपालिका वडा नं. ५ मा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको महोत्तरी प्रहरीले जनाएको छ। उनीहरू सबैजना गढीमाई मेलाबाट फर्किरहेका थिए ।











प्रतिक्रिया