नयाँदिल्ली, १८ मंसिर । भारतको ‘मोस्ट वान्टेड’ सूचीमा परेका दाउद इब्राहिमले पछिल्लो तीन वर्षदेखि फोनमा कुराकानी नगरेको भारतीय प्रहरीले जनाएको छ । सुरक्षा चुनौतीका कारण उनले फोनमा कुरा नगरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
आफूसँग भएका प्रमाण र अनुसन्धानका आधारमा प्रहरी यस्तो निश्कर्षमा पुगेको हो । २०१६ नोभेम्बरमा दाउदको फोन रेकर्ड गरेको भारत प्रहरीले त्यसयता कुनै पनि फोन सम्पर्क पाएको छैन ।
भारत प्रहरीले दाउदलाई पाकिस्तानमा लुकेर बसिरहेको बताउँदैआएको छ । भारतमा १९९३ को मुम्बइ बम हमलाका दोषी ठानिएका दाउद त्यसबेला नै भारत छाडेका हुन् ।















प्रतिक्रिया