
काठमाडौं, १७ मंसिर । बागलुङको बडिगाड खोलामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा , गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा, बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की, मीना कार्की ,धनबहादुर कार्की, झवि कार्की, सीता कार्की, अनुशा कार्की, महेन्द्र कार्की, मीना बस्नेत र सुचना कार्की छन् । त्यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी छन् ।
त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका ५ दोबाटोका रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् ।
तीन जना गम्भिर घाइते भएका छन् । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।
जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।











प्रतिक्रिया