मंगलबार, १७ मंसिर २०७६
DainikNepal.com
मंगलबार, १७ मंसिर २०७६

टेलर स्विफ्टले माइकल ज्याक्सनको रेकर्ड तोडिन्

दैनिक नेपाल २०७६ मंसिर १७ गते ७:३४

लसएन्जलस । अमेरिकी गायिका टेलर स्विफ्टले पप संगीतका स्टार माइकल ज्याक्सनको रेकर्ड तोड्दै अमेरिकी म्युजिक अवार्डमा दशकको उत्कृष्ट आर्टिस्टलगायत ६ वटा अवार्डबाट सम्मानित भएकी छिन् ।

पप स्टार ज्याक्सनको २४ वटा विधामा अवार्डलाई बराबरी गरेकी गायिका स्विफ्टले ‘मनपर्ने पप तथा रक एल्बम’ विधा जित्दै समारोहमा प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

उनले समारोहको सुरुवातदेखि अन्तिमसम्म विभिन्न सांगीतिक प्रस्तुति र दशकको उत्कृष्ट आर्टिस्टलगायत अवार्डमार्फत् सबैलाई आकर्षित गर्न केन्द्रित भएकी थिइन् ।

उनले अमेरिकी म्युजिक अवार्डमा सर्वाधिक २९ वटा अवार्ड जित्ने रेकर्ड बनाएकी छिन् ।

अमेरिकी म्युजिक अवार्डमा यसअघि २३ वटा अवार्ड जितिसकेकी गायिकाले समारोहमा माइकल ज्याक्सनको २४ भन्दा बढी अवार्ड जित्ने रेकर्ड कार्यम गरेकी छन् ।

दशकको उत्कृष्ट आर्टिस्टको सम्मानपछि उनले आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित