मंगलबार, १७ मंसिर २०७६
DainikNepal.com
मंगलबार, १७ मंसिर २०७६

सरकारले पोखराको निर्वाचनमा धाँधली गर्‍याेः देउवा

दैनिक नेपाल २०७६ मंसिर १७ गते ७:२४

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन् ।

सोमबार सानेपामा कांग्रेस नेता स्व भीमबहादुर तामाङको ७ औं स्मृतिसभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन् ।

पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउँदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसविरुद्ध प्रयोग गरेको पनि आरोप लगाए ।

कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउवाले बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए ।

‘निर्वाचनको नतिजाले जनता सरकारसँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो’ नेता पौडेलले भने ।

कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको उनले बताए ।

कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित