
काठमाण्डाै, १६ मंसिर । सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट ६ जना थुनुवा फरार भएको विषयमा छानविन गर्न अनुशन्धानको लािग एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
गठन गरिएको पाँच सदस्यीय समिति सिरहा पुगेर अनुशन्धानमा लागिसकेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट फरार हुनेहरुमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रणधीरकुमार यादव, २१ वर्षीय गणेश साह, १७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन्।
प्रहरीका अनुसार सातजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय सञ्जय यादव तत्कालै पक्राउ परे। फरारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।












प्रतिक्रिया