१४ कार्तिक २०८३, शनिबार

सवारीको ठक्करबाट एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, मंसिर १६ । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान मृत्यु भएको हो ।

ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस