सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

दाङ-३ ‘ख’ मा प्रदेशसभा सदस्यमा नेकपाकी विमला निर्वा्चित

दैनिक नेपाल २०७६ मंसिर १६ गते १०:५७

काठमाण्डाै, १६ मंसिर । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्‍वार विमला कुमारी खत्री निर्वा्चित भएकी छिन् ।

उनी २४,२८६ मत प्राप्त गरी निर्वा्चित भएकी हुन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यले १९,१ ८२ मत प्राप्त गरे । साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्ली बहादुर डाागीले १५४, राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तका छोटी लाल थारुले १३८,मत पाए ।

त्यसैगरी नेकपा मालेका हरिप्रसाद डाागीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० , नेपाल लोकतान्त्रिक पार्टीका झरेन्ऽ बहादुर खत्रीले २६ ,नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५,राष्ट्रिय जनमुक्ती पार्टीका धनराज विश्वकर्माले ११, वि पी कांग्रेस पार्टीका दिपककुमार धितालले २ र स्वतन्त्र टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन्

प्रतिक्रिया
सम्बन्धित