सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

हुम्लाको खार्पूनाथ गाउँपालिकाको उपाध्यक्ष रुपा शाही विजयी

दैनिक नेपाल २०७६ मंसिर १६ गते ७:२१

हुम्ला, १६ मंसिर । हुम्लाको खार्पूनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाकी रुपा शाही विजयी भएकी छन् ।

निक्कै महत्वाकासाथ हेरिएको उप निर्वाचनमा नेकपाकी रुपा शाही १४५४ मत प्राप्त गरी ७१ मतले विजयी भएको मुख्या निर्वाचन अधिकृत चन्द्रकान्त पौड्यालले बताए ।

उनकी निकटतम् प्रतिद्वन्दवी नेपाली कांग्रेसकी तारा कुमारी शाहीले १३८५ मत प्राप्त गरेकी प्रमुख निर्वाचन अधिकृत पौड्यालले जानकारी दिए ।

राप्रपामा रण बहादुर शाहीले १० मत प्राप्त गरेका छन् भने २० मत बदर भएको उनले बताए ।

२०७४ को निर्वाचनमा नेकपाकी उम्मेदवार रुपा शाहीले ७१ मतले विजयी भएकी छन् । यस पटकको उपनिर्वाचन भने स्वच्छ र शान्तपूर्ण रुपले सम्पनन भएको बताइएको छ ।

यस पटकको निर्वाचनमा खार्पूनाथ गाउँपालिकामा ८४ प्रतिशत मत खसेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित