५ कार्तिक २०८३, बिहिबार

आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्।

आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर प्रत्यक्ष प्रशारण आइप्याडमा हेर्नुभयो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ।’

गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए।

प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए। गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखेर एक साता उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।