मंगलबार, १७ मंसिर २०७६
DainikNepal.com
मंगलबार, १७ मंसिर २०७६

बागलुङ-२ ‘ख’ मा जनमोर्चाका शाही विजयी

दैनिक नेपाल २०७६ मंसिर १६ गते ७:०८

बागलुङ, १६ मंसिर । प्रदेशसभा सदस्यका लागि बागलु क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनले विजयी हासिल गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २०९७ मत अन्तरले पराजित गरेका हुन् ।

शाहीले ११२३५ मत प्राप्त गरे भने शेरचनले ९१३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११,८ ८४ मत प्राप्त गरी विजयी भएका थिए ।

त्यसबेला पनि प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८, ६ ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा अहिले अन्तर भने १ हजार भन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भए छि यस क्षेत्रमा उपचुनाव भएको हो ।

आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए । जस मध्ये समाजवादी पार्टीका अशोक कुमार बिकले ३१६ मत प्राप्त गरे । नेकपाबाट बागी उम्मेदवारी दिएर फिर्ता लिएका शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ । घर्ती वाम गठबन्धनका उम्मेदवार जिताउन अन्ततः सक्रीय भएपनि एक समूह फरक जिल्लाको एजेण्डा सहित उनको क्लिप चिन्हमा भोट माग्दै हिडेको थियो ।

मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन्।

कुल ३५,१ ८४ मतदाता रहेको यो क्षेत्रमा २१,४ ६१ प्रतिशत मत खसेको थियो । जसमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए। बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएको थिए ।

प्रतिक्रिया
सम्बन्धित