सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

धरानमा कांग्रेस जितको नजिक, तीन वटा वडाकाे मतगणना बाँकी

दैनिक नेपाल २०७६ मंसिर १६ गते ६:४९

धरान, १६ मंसिर । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।

सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।

सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना शुरु भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।

धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित