१४ कार्तिक २०८३, शनिबार

प्रहरी हिरासतबाट ७ कैदी फरार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ मंसिर । सिरहाको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी गाउँपालिकाको हिरासतबाट शनिबार बेलुका ७ जना कैदी फरार भएका छन् । बेलुकाको खाना खुवाउने क्रममा उनीहरु कााडेतार पन्छाएर भागेको बताइएको बताइएको छ ।

भाग्नेहरुमा लागुऔषध मुद्दाका १९ वर्षीय गोविन्द नेपाल, १५ वर्षीय मो. रियाज मियाँ, ४५ वर्षीय रामाशिष यादव, २६ वर्षीय रन्धिर कुमार यादव, २१ वर्षीय गणेश साह, २७ वर्षीय नविन यादव र वहुविवाह मुद्दाका २१ वर्षीय संजय यादव छन् । चौकीमा ११ जना थुनुवा थिए ।

राति भाग्ने क्रममा लागुऔषध मुद्दाका २० वर्षीय रिशन खड्कालाई स्थानीय गाउालेले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका थिए ।
स्थानीयले भने प्रहरीकै मिलेमतोमा भगाएको आरोप लगाउादै आएको छ । उनीहरु कााडेतारले बारेको सुरक्षा घेरा पन्छाएर भागेका हुन् ।

सो इलाका प्रहरी कार्यालयमा प्रमुख कृष्ण श्रेष्ठको कमाण्डमा २७ जना प्रहरी कार्यरत छन् । जसमध्ये केही प्रहरी निर्वाचन र रामजानकी विवाहउत्वको कार्यक्रममा गएको जनाइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै अझै केही बताएको छैन ।