१० मंसिर २०८३, बिहिबार

धरानमा नेकपा र कांग्रेसबीच कडा टकराव , केहि मतले नेकपा अगाडि

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ मंसिर ।  सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।

कांग्रेस उम्मेदवारभन्दा नेकपाका उम्मेदवार २८ मतले मात्र अगाडि देखिएका छन् । नेकपाका प्रकाश राईले ४५७४ मत पाउादा उनलाई पछ्याइरहेका कांग्रेसका तिलक राईले ४५१७ मत पाएका छन् ।

अहिलेसम्म चार वटा वडाको मत परिणाम आइसकेको छ । जसमा वडा नम्बर १७, १८, १९ र २० को मत गणना भइसकेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।