सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

अहिलेसम्म २२ स्थानमा नेकपा विजयी, काँग्रेस १० स्थानमा

दैनिक नेपाल २०७६ मंसिर १५ गते १०:१२

काठमाडाैं, १५ मंसिर ।  हिजो सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म नेकपाले धैरै स्थानमा आफ्नो बाजी मारेको छ ।

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्ऽमा हिजो भएको उपनिर्वाचन मतपरिणाम आउने क्रम जारी छ ।

स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ ।

स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ । पछिल्लो मत परिणाम अनुसार २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वा्चित भएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस १० स्थानमा विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित